भायानेटको ‘गुड विथ इन्टरनेट’ अभियान

काठमाडौँ । भायानेट कम्युनिकेसनले सामाजिक दायित्व अन्तर्गत ‘गुड विथ इन्टरनेट’ अभियान यो वर्ष पनि जारी राखेको जनाएको छ।

यो अभियान कोभिडको महामारीका कारण भएको लकडाउनको समयमा पैसाको अभावले इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरहरूबाट वञ्चित भएका विद्यार्थीहरूलाई मद्दत गर्ने उद्देश्यले सुरु गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अभियानको दोस्रो वर्षमा कम्पनीले राजधानीका १५ विपन्न परिवारलाई सहयोग गरेको छ । आगामी वर्षहरूमा यस्ता धेरै परिवारलाई मद्दत गर्ने योजना बनाएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *