अर्थमन्त्रीद्वारा गभर्नरमाथि घुमाउरो आरोप- मौद्रिक नीतिले सेयर बजारमा समस्या

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंक ल्याएको ल्याएको मौद्रिक नीतिले सेयर बजारमा समस्या देखिएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

मन्त्री शर्माले गभर्नरको नाम उच्चारण नै नगरी यस्तो आरोप लगाएका हुन् । उनले घुमाउरो तरिकाले गभर्नर महाप्रसाद अधिकारीले ल्याएको मौद्रिक नीतिले सेयर बजारमा समस्या आएको आशयसहितको आरोप लगाएको हन् ।

सेयर बजारको समस्या समाधान गर्न राष्ट्र बैंक, धितोपत्र बोर्ड सरोकारवाला निकायको समिति बनाइएको जानकारी दिए ।

मन्त्री शर्माको प्रस्तावमा गभर्नर अधिकारीलाई सरकारले निलम्बन गरेको थियो । सर्वोच्च अदालतले उक्त निलम्बन फुकुवा गरी गभर्नर शर्मालाई काममा फर्किन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *