पेट्रोलियमको मूल्य बढाउनु सरकारको बाध्यता : बडू

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउनु बाध्यात्मक अवस्था आएको बताएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सोमबार संसदको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै यस्तो स्पष्टिकरण दिएका हुन् ।

पेट्रोलियम पदार्थ नेपालमा उत्पादन नहुने, विदेशबात ल्याउनु पर्ने, विदेशमै मूल्य बढेको र महँगो मूल्यमा ल्याएपछि महँगोमै बेच्नुपर्ने बाध्यता रहेको उनले बताए ।

‘पेट्रोलियम पदार्थ हाम्रो उत्पादन होइन,’ उनले भने, ‘बाहिरको बजारमा जे रेट छ त्यसैमा किनेर ल्याउने हो । किनेर ल्याएका रेटमा बेच्न सक्दैनौँ । अझै पनि पेट्रोलमा ३१ रुपैयाँ घाटा भइरहेको अवस्था छ । अहिले प्रत्येक महिना ९ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको छ । पेट्रोलियम पदार्थ खरिद गरे बापत भारतलाई २२ अर्ब रुपैया तिर्नुपर्ने अवस्था छ । यो महिनाभित्र तिर्नुपर्छ । सरकार मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा छ ।’

उनले सरकारले पेट्रोलियम इन्धनमा लगाउँदै आएको १० रुपैयाँ पूर्वाधार कर भने हटाएको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *