मनाेज पाण्डे पुर्पक्षका लागि थुनामा

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बलात्कार र मानव बेचबिखनका आरोपित कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ ।

पाण्डेलाई हाल मानव बेचबिखन अभियोगमा डिल्लिबजार कारागारमा राखिएको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

गत जेठको पहिलो साता सुन्दरी प्रतियोगिताको आडमा सात वर्षअघि पाण्डेले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै  एक किशाेरीले भिडिओ सार्वजनिक गरेकी थिइन् । उक्त उजुरीपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध यौन दुर्व्यवहार र मानव बेचबिखन गरी दुईवटा अभियोगमा मुद्दा दर्ता छ ।

सरकारी वकिलको कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलका अनुसार उनलाई मानव बेचबिखन मुद्दामा १५ वर्ष कैद सजायको माग गरिएको छ भने यौन दुर्व्यवहारको मुद्दामा ३ वर्ष कैद सजायको माग गरिएको छ ।

दुवै मुद्दामा दोषी प्रमाणित भएको खण्डमा उनी १८ वर्ष कैद हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *