रवी लामिछानेका दाइ हरिशरणले बनाए स्वतन्त्र उम्मेदवारकाे सञ्जाल, कहाँबाट दिँदैछन् उम्मेदवारी

काठमाडौँ । पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले आगामी संघीय निर्वाचनको लागि स्वतन्त्रबाट उम्मेदवार लड्नेहरूको सञ्जाल निर्माण गरेका छन् । उनले स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान सुरु भएको बताए ।

लामिछानेले स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान सुरु भएको बताउँदै आफू काठमाडौँ ३ बाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रने जनाएका छन् ।

हरिशरणले सामाजिक सञ्जालमार्फत स्वतन्त्र राष्ट्रिय सञ्जालको घोषणा गरेका हुन् । उनले अन्य स्वतन्त्र उम्मेदवार बन्नेहरूको नामसमेत सार्वजनिक गरेका छन् । उनले जारी गरेको प्रेस नोटमा काठमाडौँ १ बाट पुकार बम, काठमाडौँ ५ बाट रञ्जु दर्शना, काठमाडौँ ८ बाट सुमन सायमी र दोलखाबाट विश्व साइकल यात्री पुष्कर शाहले स्वतन्त्र प्रतिस्पर्धा गर्ने बताएका छन् ।

उनले सञ्जालले देशैभरका स्वतन्त्र उम्मेदवारबिच न्यूनतम राष्ट्रिय मुद्दा बनाउने बताए । देशभर नै समझदारी कायम गरी विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको घोषणा गर्दै जाने उनी बताउँछन् । अन्य स्वतन्त्र उम्मेदवारलगायत धेरै विषय असार १७ र १८ गतेको स्वतन्त्रहरूको राष्ट्रिय भेलाले तय गर्ने लामिछानेले जारी गरेको नोटमा उल्लेख छ ।

हरिशरण लामिछानेका भाइ रवि लामिछाने पनि राजनीतिमा लाग्ने भन्दै सञ्चारकर्म छोडेको जनाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *