नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र पेश गर्ने ३ जना पक्राउ

काठमाडाैँ । नक्कली प्रमाणपत्र बनाएर पेश गर्ने २ जना तथा प्रमाणपत्र बनाइदिने १ जना सहित  ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

बिभिन्न ब्यक्तिहरुले आफ्नो नामको शैक्षिक प्रमाणपत्रहरु किर्ते गरी नक्कली बनाई बिभिन्न
प्रयोजनको लागि पेश गर्ने गरेको भन्ने सूचनाका आधारमा असार तीन गते प्रहरीले गरेकाे अप्रेसनका क्रममा काठमाडाैँ महाराजगञ्जबाट २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा गाेरखा बारपाक घर भई हाल काठमाडाैँ वनस्थली बस्दै आएका ३७ वर्षीय विकास अम्गाईं तथा काभ्रे, पनाैती घर भई हाल छाउनी काठमाडाैँ बस्दै आएका ३७ वर्षीय राज कुमार हुमागाईं रहेका छन् ।

उनीहरूकाे साथबाट नक्कली शैक्षिक प्रमाणपत्र समेत बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

त्यस्तै, उक्त नक्कली प्रमाण पत्र बनाउने कार्यमा संलग्न गाेरखा भिमसेन गापा घर भई काठमाडाैँ वनस्थली बस्दै आएका ४० वर्षीय माेहन पुडासैनी पनि काठमाडाैँ बागबजारबाट पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को
लिखत सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु,
काठमाडाैँ पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =