राप्रपा अध्यक्ष कमल थापाद्वारा काठमाडौँ मेयर बालेनको प्रशंसा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को प्रशंसा गरेका छन् ।

अध्यक्ष थापाले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट लेख्दै मेयर शाहको प्रशंसा गरेका हुन् । महानगर प्रमुख शाहले हिजो आइतबार आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रशंसनीय रहेको भन्दै अध्यक्ष थापाले ट्वीट गरेका छन् । काठमाडौँको समग्र विकासका लागि संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा महानगर प्रमुखले ध्यान दिएको आफूलाई राम्रो लागेको उल्लेख गर्दै अध्यक्ष थापाले कार्यान्वयनका लागि शुभकामनासमेत व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘आशा आकांक्षा असीमित हुन्छन् । यो पनि, त्यो पनि भइदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविक हो । तथापि, काठमाडौँको समग्र विकासको निम्ति बालेन शाहद्वारा प्रस्तुत नीति र कार्यक्रम प्रशंसनीय छ । संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा ध्यान दिएको राम्रो लाग्यो । कार्यान्वयनको लागि शुभकामना ।’

ट्वीटः
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *