कपिलवस्तुमा पहिराले बगाउँदा १७ वर्षीय दुई भारतीय युवक बेपत्ता

काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराले बगाउँदा दुईजना भारतीय बेपत्ता भएका छन् ।

प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु २ ख २७१६ नं को फोर्स गाडीबाट फर्किँदै गर्दा गाडीबाट झरेर खोला तर्नेक्रममा पहिराले बगाएको हो । भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी बेपत्ता भएका हुन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिराले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । हराएका भारतीय नागरिकको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *