केएमसीद्वारा निःशुल्क स्वास्थ्य शिविरः ८५३ बिरामी लाभान्वित

काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)ले ललितपुरको गुसिङगालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

ललितपुर महानगरपालिका वडा नं १ को आयोजनामा केएमसीले उक्त शिविर सञ्चालन गरेको हो । उक्त निशुल्क स्वास्थ्य शिविरबाट ८५३ बिरामी लाभान्वित भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिएका छन् । उनका अनुसार शिविरमा ९८ जना बिरामीले मुटुको जाँच (इसिजी) परीक्षण गराएका छन् भने १८६ जनाले ल्याब टेस्ट गराएका छन् । त्यसैगरी, १४३ बिरामीले भिसिजी परीक्षण गराएका छन् । शिविरमा २७ जना दाँतका बिरामीले दाँत निकालेका छन् भने ४३ जनालाई शल्यक्रियाका लागि  रिफर गरिएको छ ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्मा बताउँछन् । यसअघि, केएमसीले ललितपुरकै ठेचोमा ९८२ बिरामी र कीर्तिपुरमा ११३३ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण एवं उपचार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *