एमाले जनप्रतिनिधिले पालिकाको माइन्युट खोसेर भागेपछि…

पोखरा । जनप्रतिनिधिको काम के हो ? जनसेवा ? जनताका समस्या पालिकामा लैजाने र त्यहाँबाट समस्या समाधानका लागि पहल गर्ने । तर पर्वतको जलजला गाउँपालिकामा एमालेकी एक सदस्यले पालिकाको बैठक निर्णय पुस्तिका नै खोसेर भागेकी छिन् ।

आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न राखिएको बैठकको निर्णयमा असहमति जनाउँदै एमालेबाट निर्वाचित सदस्य विमला बरुवालले निर्णय पुस्तिका खोसेर निस्किएकी हुन् ।

निर्णय पुस्तिका नभएपछि बैठक स्थगित भएको छ । गाउँपालिका प्रवक्ता हरिविकास जिसीले बरुवालले पुस्तिका लिएर बेनीतिर लागेको बताए । उनले विज्ञप्ति निकालेर घटनाप्रति खेद जनाएका छन् । खासगरी पालिकामा गठन भएको समितिमा चित्त नबुझेपछि उनले माइन्युट खोसेकी हुन् । धेरै पटक छलफल गर्दापनि सहमति नजुटेपछि पालिका अध्यक्ष राजु आचार्यले ४ वटा समिति गठन भएको निर्णय सुनाएका थिए ।

त्यसपछि बरुवालले माइन्युट खोसेको जिसीको आरोप छ । सुरुमा उनले नोट अफ डिसेन्ट लेख्ने भनेर माइन्युट मागेकी थिइन् । यहाँ अध्यक्ष र उपाध्यक्ष सहित गठबन्धनका ६ जना छन् भने एमालेका ११ जना कार्यपालिका सदस्य छन् ।

हेर्नुहोस् पालिकाले जारी गरेको विज्ञप्ति :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *