भिरबाट लड्दा १७ वर्षीया अस्मिताको मृत्यु

काठमाडाैँ । रुकुम पश्चिममा भिरबाट लड्दा १७ वर्षीया एक किशोरीको ज्यान गएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-१ रुँघाकी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर ज्यान गएको हो ।

अस्मिता आइतबार रुँघा तलिगाउँको दिव्यचक्षु स्कुल नजिकैको भिरबाट लडेकी हुन् । त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोट खलङ्गामा कक्षा ११ मा अध्ययनरत अस्मिता घरमा जम्मा भएको फोहर फाल्न गएको बेला चिप्लिएर लडेकी उनको परिवारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *