जस्तै रिस भएका व्यक्तिलाई स्काउटले मात्रै नियन्त्रणमा लिन सक्छ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्काउट नेपालले जस्तोसुकै प्रकृति र रिस भएका व्यक्तिलाई बदल्ने सक्ने बताएका छन्।

आइतबार वीरेन्द्रनगरमा भएको स्काउट नेपालको ७१औँ स्थापना दिवसकाे अवसरमा मुख्यमन्त्री शाहीले जस्तोसुकै प्रकृति वा रिस भएका व्यक्तिहरूलाई नियन्त्रणमा लिन स्काउटले मात्रै सक्ने बताए । उनले स्काउटमा आवद्ध व्यक्तिहरूमा यथाशीघ्र काम गर्न सक्ने इच्छाशक्ति हुनुपर्ने बताए ।

स्काउटमा आवद्ध भएका व्यक्तिमा ‘भोलि’ शब्द हुन नहुने उनको भनाइ थियो ।

उनले भने, ‘स्काउटका साथीहरू जुन पाेशाक लागाउनु हुन्छ । देशको, नागरिकको रक्षा गर्नुहुन्छ । स्काउटमा त्यस्ता व्यक्तिहरूमा ‘भोलि’ शब्द कहिले पनि हुँदैन । आज, आज मात्रै हैन, अहिले नै जाग्नु पर्छ । अरु ढिलो होलान् । तर, स्काउट ढिलो हुनुहुँदैन ।’’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *