आमा बन्न लागेका यात्रुलाई बुद्ध एयरको ‘गिफ्ट ह्याम्पर’ याेजना

काठमाडौँ । जीवनका सुखद क्षणहरु मध्ये ‘आमा’ बन्नु निकै गर्विलो क्षण हो । बुद्ध एयरले आमा बन्दै गरेका यात्रुहरुका लागि अनलाईन सपिङ ‘दराज’को सहकार्यमा ‘गिफ्ट ह्याम्पर’ प्याकेज ल्याएको छ ।

कम्पनीका अनुसार हवाई उडानमा ३६ सातासम्मका गर्भवति यात्रुलाई ‘फिट टु फ्लाई’ आधारमा गन्तव्यसम्म बुध्द एयरले पुर्याउने गरेको छ । टिकट काटिसकेपछि बुध्द एयरको वेवसाइट केही जानकारीहरु भर्नुपर्ने हुन्छ ।

बुद्ध एयरले ‘लक्की ड्र’ मार्फत रु. १ हजार ५ सय बराबरका विभिन्न सामानहरु उपहारस्वरुप प्रदान गर्नेछ । गिफ्ट हयाम्परमा बच्चाका लागि डायपर, वेट वाइप्स, नरिवल तेल, बेबी पाउडर तथा आमाका लागि अण्डर आइस क्रिम र सँगै ५० प्रतिशत छुटसहितको ब्युटी पार्लरको कुपन पनि संलग्न गरेको छ ।

यो स्किम १९ जुनदेखि १९ जुलाईसम्मका लागि सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *