प्रदेशसभा बैठकमा पहिरो पीडितलाई राहत दिन माग

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकमा ताप्लेजुङकी प्रदेशसभा सदस्य होमकुमारी साँवाले पहिरो पीडितलाई राहत दिन माग गरेकी छन् ।

ताप्लेजुङमा पहिरोले २ जनाको मृत्यु भएको र दुई दर्जन बढी परिवार विस्थापित भएको बताउँदै उनले मृतकलाई क्षतिपूर्ति र विस्थापितलाई राहत दिन माग गरिन् । आइतबारको प्रदेशसभा बैठकमा उनले सिरजङ्घा गाउँपालिका ७ मानङ्खेस्थित याक्सेखोला जलविद्युत आयोजनाको पवरहाउस बगाएर क्षति पुगेको बताइन् । जसले मानबहादुृर लिम्बु, अगन भट्टराई र विजय भट्टराईको घरमा क्षति भएको जानकारी दिँदै उनले राहतको व्यवस्था गर्न माग गरिन् ।

सरकारको ध्यानकर्षण गराउँदै पहिरोका कारण ३ घर पूर्ण क्षति भएको र २२ घर बस्न नहुने गरी क्षति भएको जानकारी उनले गराएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *