थप २३ जनामा कोरोना संक्रमण, ११० आइसाेलेसनमा
२०७९ असार ५ गते

काठमाडाैँ । नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार २ सय ५४ पिसिआर परिक्षणका क्रममा १८ जना र ७ सय ७३ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १२ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय जना निको भएका छन् ।
हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित








