उच्च अदालत सुर्खेतले एक वर्षमा गर्‍यो ६७५ मुद्दा फर्छ्योट

सुर्खेत । उच्च अदालत सुर्खेतले एक वर्षको समयमा ६ सय ७५ बढीको मुद्दा फर्छ्योट गरेको छ । अदालतले चालु आर्थिक वर्ष २०७८÷०७९ ज्येष्ठ मसान्त सम्ममा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्योट गरेको हो ।

चालु आर्थिक वर्ष २०७९ असार मसान्त सम्ममा पाँच सय ६१ थान मुद्दा फर्छ्योट गर्ने लक्ष्य रहेकोमा ज्येष्ठ महिना सम्ममा ६ सय ७५ थान मुद्दा फर्छ्योट भएको उच्च अदालतले जनाएको छ ।

ज्येष्ठ मसान्तसम्म लक्ष्य भन्दा एक सय १४ थान बढी मुद्दा फर्छ्योट भइसकेका छन् ।

यस्तै, चालु आर्थिक वर्षमा गत वर्ष फर्छ्योट हुन बाँकी रहेका दुई सय ६५ थान र चालु आर्थिक वर्षमा दर्ता भएको सात सय ४१ थान गरी जम्मा एक हजार ६ थान मुद्दा संख्या रहेकोमा ६ सय ७५ थान अर्थात् कुल मुद्दाको ६७।१० प्रतिशत मुद्दा फर्छ्योट भएका छन् ।

यस्तै, उच्च अदालत सुर्खेतले २ वर्ष नाघेका कुनै मुद्दा बाँकी छैनन् भने गत वर्ष फर्छ्योट हुन नसकी बाँकी रहेका मुद्दा दुई सय ६५ थान मध्ये १६ धान मात्र मुद्दा फर्छ्योट हुन बाँकी रहेका छन् ।

बाँकी मुद्दा मध्ये अधिकांश मुद्दा ६ महिना भित्र दर्ता भएका मुद्दा नै रहेका छन् । अदालतमा ६ महिना भित्रका मुद्दा दुई सय २५ थान, ६ महिना नाघेका मुद्दा ९० थान, १२ महिना नाघेका मुद्दा ६ थान र १८ महिना नाघेका मुद्दा १० थान गरी तीन ३१ थान मुद्दाका रहेका छन् ।

गत वर्षको तुलनामा यस वर्ष पुनरावेदन दर्ता संख्या तुलनात्मक रूपमा निकै बढी रहेको भए पनि यस वर्ष फर्छ्योट दर निकै बढी रहेकोले पुराना मुद्दा सबै सकिएका अदालतको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *