नबिल बैंकको कार्ड प्रयोगकर्ताले कतारएयरवेजको सेवामा छुट पाउने

काठमाडौँ । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्तालाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका कार्ड प्रयोगकर्ताले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यमा यात्राका लागि हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् । १७ असारदेखि यो छुट लागु हुने बैंकले जनाएको छ ।

आइतबार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्तर्गत अन्तर्गत बिजनेश तथा इकोनामी क्लासका हवाई टिकटमा खरिदमा १० प्रतिशत छुट लागू हुनेछ । यसका लागि बैंकका कार्ड प्रयोगकर्ताले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने छ ।

कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात मूल्याङ्कन संस्था, स्काइट्रयाक्सद्वारा फाइभ स्टार कोभिड–१९ सेफ्टी रेटिङ हासिल गरेको एक विश्वव्यापी अन्तर्राष्ट्रिय हावाई सेवा हो । अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै, यो सहकार्यले बैंकका ग्राहकले लाभ प्राप्त गर्ने सीईओ शाहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *