नाडा अटो शो २०२२ को स्टल बुकिङमा उल्लेखनीय सहभागिता

काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले ७ देखि १२ भदौसम्म आयोजना गर्ने ‘नाडा अटो शो २०२२’ का लागि हप्ता खुल्ला गरिएको स्टल बुकिङ रजिष्ट्रेशनमा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित कम्पनीहरुको उल्लेखनीय सहभागीगता रहेको छ ।

चार दिनका लागि खुला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागी कम्पनीको दर्ता भएको नाडाले जनाएको छ ।

उक्त अटो शोमा सहभागिता जनाउन दर्ता भएका कम्पनीप्रतिनिधिहरुलाई बोलाएर नाडाले बिहीबार गोलाप्रथा गरी स्टलसमेत बाँडफाँट गरेको जनाएको छ ।

विगतका संस्करणहरु भन्दा पृथक यस वर्ष कमर्शियल भेहिकलको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उदेश्यले छुट्टै दुई पाङ्ग्रे इलेक्ट्रिक पेभिलियनसमेत राखिएको नाडाले जनाएको छ ।

कोभिड महामारीका कारण दुई वर्ष पछि आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अटो व्यासायीहरुको भव्य सहभागिताले आयोजक नाडा प्रोत्साहित हुनुका साथै सुस्ताइ रहेको अटोव्यवसाय चलायमान हुनेमा पनि आयोजक विश्वस्त रहेको छ ।

नाडा अटो शो समितिका सभापति अनुप कुमार बरालका अनुसार अटो व्यवसायको प्रोत्साहन, बजार सर्वेक्षण एवं नयाँ ब्राण्डहरुको प्रक्षेपणकालागि समेत नाडा अटो शो अपरिहार्य रहेको छ ।

अटोमोबाइल क्षेत्रमा भइरहेका नवप्रवर्तन, आविष्कार, भविष्यका सवारी साधनका परिकल्पना, इन्जिनियरिङ, म्यानुफ्याक्चरिङ कम्पनीका विज्ञ एवं जानकारसँगको छलफल तथा अन्तरक्रिया समेटिएको गोष्ठी यस वर्षको विशेष आकर्षण रहने उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *