साताको पहिलो दिन नै नेप्सेमा ३७ अंकको गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन नै सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार सेयर बजार परिसूचिक नेप्से ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा आइपुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्ससमेत ७.२९ अंकले घटेको छ ।

यस दिन सेयर कुल १ अर्ब १३ करोड ४० लाख ९१ ह्जार २ सय १२ रुपैयाँमा ३६ लाख ६६ हजार ८ सय ९१ कित्ता सेयर कारोबार भएको छ । यस दिन १७९ कम्पनीको सेयर मूल्य घटेको छ । जम्मा १३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन आँधिखोला लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, सीवाईसी नेपाल लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाललगायत कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन रिभर फल्स पावर लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड, मिटेरी डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, हिमाल दोलखा हाइड्रोपावरलगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

यस दिन १३ वटै समूहगत उपसूचकहरु राताम्ये भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक १५४ अंकले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *