मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी सँग साझेदारी

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्त मालीगाउँसँग साझेदारी गरेको छ । बैंकले प्रहरीसँगको साझेदारीमा जनचेतनामूलक पर्चा, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकर, फेस मास्क, प्रिन्टरलगायत सामग्री हस्तान्तरण गरेको छ ।

यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, जनचेतना बढ्ने र अपराध नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने विश्वास लिएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न उक्त विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरका भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *