चितवनमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुईको मृत्यु
२०७९ असार ४ गते

काठमाडौँ । चितवनको माडीमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुईको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई रहेका छन् ।
कार्यालका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार माडी नगरपालिका–७ देवेन्द्रपुरकी रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा आज दिउँसो इनारभित्र पसेका गुरुङ निसासिएपछि उनको उद्धारका लागि गएका राईको डोरी चुडिँदा उनीहरू पानीमा डुबेका थिए । पानीमा डुबेका उनीहरूको अक्सिजन कमी भएर मृत्यु भएको अनुमान गरिएको छ ।
इनारको पानी फाली उनीहरूको शव बाहिर निकालिएको कार्यालयले जनाएको छ ।
२०७९ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित








