नवलपुर समन्वय समितिमा एमालेको प्यानल नै विजयी

नवलपरासी । जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

आज सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख र सात सदस्य एमालेका उमेदवार विजयी भएका हुन् । जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा सकुन्तला लम्साल निर्वाचित भएका हुन् । उनीहरू दुवैको ११ मत आएको हो।

चार नगरपालिका र चार गाउँपालिका रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जम्मा १६ मतदाता हुँदा एमालेको ११ र कांग्रेसको ५ मत आएको हो । सदस्यमा एमालेका पिनकुमारी चितौरे मगर, रेनु गुरौ थारु, सरस्वती पाठक, सम्झना सार्की , कुलप्रसाद शर्मा भुसाल, लीला पौडेल, लोकनाथ अर्यालले निर्वाचित भएका छन् । उनीहरूको पनि ११ मत आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *