पर्साबाट छैसठ्ठी लाख बराबरको सामान बरामद

काठमाडौँ । बिलबिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको अवस्थामा पर्सा प्रहरीको टोलीले एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

उक्त ट्रकलाई आवश्यक कारबाहीका लागि प्रहरीले पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ । ट्रकमा रहेका सामानको रु. ६६ लाख ८८ हजार २४२ मूल्याङ्कन गरी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पठाइएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

विशेष सूचनाका आधारमा ना ५ख ९६७५ नं को उक्त ट्रक नियन्त्रणमा लिइएको हो । ट्रकमा बिलभन्दा बढी मूल्य बराबरको विभिन्न किसिमका मेडिकल तथा खुद्रा सामान लोड गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *