पूँजीबजार सुधारको माग गर्दै शेयर लगानीकर्ता द्वारा प्रदर्शन (भिडिओ)

काठमाडौँ । पूँजीबजार सुधारको माग गर्दै आन्दोलनरत शेयर लगानीकर्ताहरुले शनिबार प्रदर्शन गरेका छन् ।
पूँजी बजार सुधार संघर्ष समितिले आफुहरुले अघि सारेको माग तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै ललितपुरको खुलमटारस्थीत धितोपत्र बोर्डको कार्यालय नजिकै र्यालीसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले पूँजी बजारको सुधार र बिकास रोक्न पाईदैन, नेप्सेको पुनसंरचना गर, धित्तोपत्र बोर्डलाई स्वयत्त बनाऔ लगाएतका नारा लगाएका थिए ।

पूँजीबजार सुधारको माग सहित लगानीकर्ता संघर्ष समितिका संयोजक तिलक कोइराला विगत ४ दिनदेखि आमरण अनसनमा छन् । अनसनमा बसेका कोईरालाको स्वास्थ्य अवस्था कमजोर बन्दा समेत सरकारको ध्यान नगएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।

लगानीकर्ता आन्दोलन : पूँजी बजारको सुधार र बिकास रोक्न पाईदैन (भिडिओ)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *