गुर्भाकोटमा ट्रक दुर्घटनाः च्यापिएर २४ वर्षीय दुई युवकको मृत्यु

सुर्खेत । सुर्खेतको गुर्भाकोटमा ट्रक दुर्घटना हुँदा च्यापिएका दुईजना युवकको मृत्यु भएको छ ।

आज शनिबार बिहान पाँच बजेको समयमा दाङबाट जाजरकोट जाँदै गरेको ना ४ ख ९७६१ नंको मालबाहक ट्रक दुर्घटनामा परेको थियो । गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारी डाँडामा ट्रक दुर्घटना हुँदा दुईजना त्यही ट्रकमा च्यापिँदा उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ का २४ वर्षीय भीमबहादुर नेपाली र जाजरकोट नलगाढ नगरपालिका–१२ का २४ वर्षीय मिलन गुरूङ रहेका छन् ।

मृतक भीमबहादुर ट्रकका चालक थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *