दाङमा सुस्त मनस्थितिकी एक युवतीमाथि चार युवाद्वारा सामूहिक बलात्कार

दाङ । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि चारजना युवाले सामूहिक बलात्कार गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-५ बस्ने युवतीमाथि चारजना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका-९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

एसपी काफ्लेका अनुसार घटनामा संलग्न भएको आरोपमा तुलसीपुर-५ का २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुईजना भने फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको उनले बताए । युवाको समूहले युवतीलाई फकाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ । पीडित  युवतीले घरमा गएर बताएपछि प्रहरीले शुक्रबार मात्र घटनाको बारेमा जानकारी पाएको थियो ।

पीडित युवतीको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *