नारायणगढ-मुग्लिन सडक अझै अवरुद्ध

चितवन । सुख्खा पहिरोका कारण अवरुद्ध  भएको नारायणगढ-मुग्लिन सडक अझै खुलेको छैन ।

चितवनको इच्छाकामना-६ चारकिलोस्थित मुग्लिन-नारायणगढ सडक खण्डमा माथिबाट सुख्खा पहिरो झरेपछि अवरोध भएको हो । आज शनिबार बिहान ११ः३५ देखि अवरुद्ध भएको सडकको पहिरो हटाउन इलाका प्रहरी कार्यालयको प्रहरी टोली खटिएको छ ।

एकतर्फी सडक खुल्न अझै एक घण्टाभन्दा बढी समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *