जाजरकोट कुसे–७ का वडाध्यक्ष सुतेकै ठाउँ मृत भेटिए

सुर्खेत । जाजरकोटमा वडा अध्यक्ष सुतेकै ठाउँमा मृत भेटिएका छन् । शुक्रबार राती सुतेका वडा अध्यक्ष शनिबार बिहान मृत भेटिएका हुन् ।

जिल्ला प्रशासज कायाृलय जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले जाजरकोट कुसे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएको जानकारी दिए ।

उनले भने, ‘वडा अध्यक्ष ज्यु राती सुतेको र बिहान मृत भेटिएको भन्ने खबर आएको छ । उक्त घटनास्थलतर्फ प्रहरी परिचालित गरिएको छ ।’

घर्ती स्थानीय तह निर्वाचन–२०७९ मा नेपाल (माओवादी केन्द्र)बाट निर्वाचित वडा अध्यक्ष हुन् । घर्तीले नेपाली काँग्रेसका खम्बबहादुर सिँहलाई हराउँदै निर्वाचित बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *