गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउन नयाँ ऐन ल्याइन्छः प्रधानमन्त्री देउवा

काठमाडौँ । कैलालीको गेटामा निर्माणाधीन अवस्थामा रहेको गेटा मेडिकल कलेज (प्रस्तावित)लाई प्रतिष्ठान बनाइने भएको छ । गृहप्रदेश सुदूरपश्चिमको भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

हिजो शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनको भवनको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन छिट्टै ऐन ल्याइने जानकारी दिएका छन् । गेटा मेडिकल कलेज सञ्चालनका लागि पछिल्लो समय दबाब बढेको बताउँदै प्रधानमन्त्रीले त्यसलाई प्रतिष्ठानको रूपमा विकास गरिने बताएका हुन् ।

उनले भनेका छन्, ‘गेटालाई स्वास्थ्य प्रतिष्ठान बनाइनुपर्छ भन्ने कुरामा सकारात्मक छ । मलाई खुसी के लाग्यो भने डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने कुरा आएपछि गेटा मेडिकल कलेज सञ्चालन हुनुपर्छ भनेर दबाब बढेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *