कर्णाली सरकारले उद्योग मैत्री वातावरणको सिर्जना गर्छ: मन्त्री लामा

सुर्खेत । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल लामा (कार्चेन)ले प्रदेश सरकारले उद्योग मैत्री वातावरणको सिर्जना गर्ने बताएका छन् ।

शनिबार वीरेन्द्रनगरमा उद्योग उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको औद्योगीक क्षेत्र सडक स्तरोन्नति कार्यको उद्घाटन तथा शिलालेख अनावरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लामाले यस्तो बताएका हुन् ।

मन्त्री लामाले प्रदेशमा उद्योग क्षेत्रलाई विकास गर्नका लागि ‘एक जिल्ला, एक उद्योग’ भन्ने नीति तथा कार्यक्रममा समेत समावेश गरिएको बताए । मन्त्री लामाले भने, ‘देश विकासका लागि उद्योगको ठूलो भूमिका हुने गर्दछ जसकारण सरकारले उद्योग क्षेत्रलाई विकास गर्नका लागि उद्योग मैत्री वातावरण सिर्जना गर्नेछ ।’ मन्त्री लामाले अब आउने आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्णालीको कच्चा पर्दाथ उपयोग गर्ने खालका झण्डै ८ वटा उद्योगलाई अनुदानको व्यवस्था गर्ने बताए ।

यस्तै, कर्णालीमा औद्योगिक क्षेत्रको विकासका लागि निजि तथा सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर प्रदेश सरकार अघि बढ्ने र प्रदेश सरकारबाट हुने आवश्यक सहयोगको सबै पूरा गर्ने वचन दिए ।

औद्योगिक क्षेत्रमा रहेको सडकमा ५ सय मिटर कालोपत्र गरिएको छ । जसको झण्डै ६९ लाख बजेट रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *