गोरखामा ग्यासको सिलिण्डर पड्किँदा एकजनाको मृत्यु

पोखरा । गोरखामा ग्यासको सिलिण्डर पड्किँदा एकजनाको मृत्यु भएको छ । शहिद लखन गाउँपालिका ७ जामुनेकी केशरीमाया वस्तीको ग्याँस सिलिण्डर पड्किएर मृत्यु भएको हो ।

सिलिण्डर पड्किएपछि घरमा आगलागी भएको थियो । घर आगलागीबारे बिहान मात्र थाहा भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरसँगै घरमा रहेका सबै सामान जलेर नष्ट भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *