अध्यक्ष ओली, गृहमन्त्री र कानुनमन्त्रीबीच नागरिकता विधेयकबारे छलफल
२०७९ असार ३ गते

काठमाडौँ । गृह मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार नागरिकता विधेयकबारे छलफल गर्न गृहमन्त्री र कानून मन्त्री ओलीलाई भेट्न निवास गएका हुन् ।
सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ । दलीय सहमतिमा नागरिकता विधेयक अघि बढाउने तयारी रहेको र सोही क्रममा प्रतिपक्षी दलका नेता ओलीसँग मन्त्रीहरूले भेटेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटकपटक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । यसअघि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि नागरिकता विधेयकबारे छलफल गरेका थिए ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधिसभामा पेस गरेको छ ।
२०७९ असार ३ गते
प्रतिक्रिया








