बझाङमा १२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

धनगढी । बझाङको बुंगलमा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् ।

जिल्लाको बुंगल नगरपालिका वडा नं १ की १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका ३ जना किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए । जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँ गएको बेला तीनैजनाले बालिकालाई सामूहिक बलात्कार गरेको पीडित पक्षले जनाएको छ ।

तीनैजनाले बलात्कार गरेको कसैलाई भनेमा मार्ने धम्की दिएको र बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा बलात्कार भएको बताएपछि जाहेरी दिन ढिलाइ भएको पीडितका आफन्तले बताएका छन् ।

बझाङ प्रहरीले पक्राउ परेका तीनैजनामाथि आवश्यक अनुसन्धान शुरू गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *