मनाङमा गोलाप्रथाबाट जिसस प्रमुख उपप्रमुख छानियो, प्रमुखमा एमाले 

पोखरा । मनाङको जिल्ला समन्वय समिति प्रमुखमा एमालेका चिन बहादुर घले निर्वाचित भएका छन् ।

४ पालिका रहेको यहाँ गठबन्धन र एमालेको समान मत छ । कांग्रेसका ३, एमालेका ३, माओवादीका १ र स्वतन्त्र एक जना निर्वाचित भएका थिए ।

कांग्रेसको गठबन्धनलाई माओवादीको समर्थन थियो भने एमालेलाई स्वतन्त्रको समर्थन थियो । समान मत भएपछि गोला प्रथाबाट नेतृत्व छानिएको हो । उपप्रमुखमा कांग्रेसका सुरेन्द्र गुरुङ चयन भए ।

खुला सदस्यमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मीनराज गुरुङ, कांग्रेसका सुकमाया विक, एमालेका झलकबहादुर गुरुङ चयन भएका छन् ।

महिला सदस्यमा एमालेकी लक्ष्मी गुरुङ र सुस्मिता सिन्चौरी तथा कांग्रेसकी राधा बराल विश्वकर्मा चयन भए । अल्पसंख्यकमा कांग्रेसका ग्याम्जो घले चयन भएका हुन् ।

गोला प्रथाबाट प्रमुख पर्नेले तीन सदस्य तथा उपप्रमुख पर्नेले चार सदस्य पाउने सहमति भएको थियो । यसअघि भने यहाँ कांग्रेसले एकल रूपमा जिससमा पदाधिकारी जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *