डोटीमा घरभित्र पसेर चितुवाले गर्‍यो आक्रमण, दुई जना घाइते

डोटी । डोटीमा चितुवाले घरभित्रै पसेर आक्रमण गर्दा दुई जना घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ उडितोलामा चितुवा घरभित्र पसेको हो ।

शुक्रवार बिहान साढे १० बजेतिर तल्लो उडितोलास्थित पार्वती विकको घरभित्र चितुवा पसेर दुई जनालाई घाइते बनाएको डोटी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चितुवाको आक्रमणबाट पार्वती विक र उनकी छोरी लक्ष्मी विक घाइते भएकी छन् ।

उनीहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । यसरी दिउँसै चितुवा गाउँमा पसेपछि स्थानीय त्रसित भएका छन् ।

अहिले जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालयको टोली र स्थानीयको सहयोगमा चितुवालाई जङ्गलतिर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *