एक्लो वीर बन्ने कि मिलेर जाने भन्ने प्रवृत्तिबिच लडाइँ चल्यो : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशमा एक्लो वीर बन्ने कि मिलेर जाने प्रवृत्तिबिचको लडाइँ चलिरहेको बताएका छन् ।

समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशासम्बन्धी कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन कायमै रहने बताए । उनले भने, ‘अहिलेको गठबन्धन प्रदेश र संघको निर्वाचनपछि पनि रहन्छ, शान्ति प्रक्रियाका बाँकी कामसमेत पूरा गर्ने गरी अहिलेको गठबन्धन अगाडि बढ्छ।’
उनले अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा नै आएको दाबी गरे ।

स्थानीय तहको निर्वाचनमा कसले हा¥यो कसले जित्यो त्यो विषयलाई आफूले ठूलो रूपमा नलिएको उनको भनाइ छ । उनले भने, ‘कांग्रेसले जिते पनि आफैँले जिते जस्तो लाग्छ, माओवादीले जिते पनि आफैँले जिते जस्तो लाग्छ, एमालेले जिते पनि आफैँले जिते जस्तो लाग्छ, खै मलाई के भएको हो यस्तो ?

उनले भरतपुरमा विगतको पाँच वर्षमा धरै राम्रा काम भएको र अबको आगामी पाँच वर्षमा पनि राम्रा काम हुनेमा विश्वस्त रहेको बताए । उनले भरतपुरवासीले दिएको सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने बताए । उनले भने, ‘भरतपुर धुलोमुक्त, हिलोमुक्त त भयो, अबको विकास सडकमा मात्र केन्द्रित नभई उत्पादनमा केन्द्रित हुनुपर्छ ।’ अध्यक्ष प्रचण्डले आफू भरतपुरको विकासमा सदैव निरन्तर लागिरहेन प्रतिबद्धता जनाए ।

प्रचण्डले भावी विकासका लागि सबैले दिएको सुझाव मार्ग दर्शनका रूपमा लिने बताए । विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरूले भरतपुरको विकासमा विभिन्न सुझावहरू अध्यक्ष प्रचण्डलाई दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *