विनोद शाही मृत्यु प्रकरण: पक्राउ परेनन् आरोपित, पुनः चर्कियो आन्दोलन

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिकामा मृत भेटिएका १७ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणमा प्रहरी उदासिनता देखाएको भन्दै फेरि आन्दोलन चर्किएको छ ।

किशोरको हत्या भएको भन्दै आफन्तले जाहेरी दिएपनि आरोपित पक्राउ नगरेको भन्दै आन्दोलन पुनः चर्किएको हो । न्यायका लागि एमालेसहित चार राजनीतिक दलले संयुक्त आन्दोलन थालेका छन् । राजनीतिक दलले बिहीबार नै संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विनोदको हत्या भएको दाबी गर्दै किटानी जाहेरी दर्ता गरिएका व्यक्तिहरूलाई तुरुन्त पक्राउ गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् ।

आन्दोलनका कार्यक्रम अनुसार शुक्रबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । त्यस्तै, शनिबार जिल्ला प्रशासन कार्यालयमा अनसन शुरू गर्ने र ५ गते (आइतबार) सिटी र्याली गर्ने कार्यक्रम रहेको मृतकका दाइ तथा नेकपा एमालेका नगर कमिटी सचिव बखतबहादुर शाहीले जानकारी दिए । आन्दोलनका कार्यक्रम अनुसार बिहीबार विनायकको विद्यामन्दिर माद्यामिक विद्यालयबाट प्रदर्शन शुरू गरी पञ्चदेवल बजारमा कोणसभा गरेका थिए । नाराबाजीका क्रममा प्रदर्शनकारीले नगर प्रमुख, सिडियो, डिएसपीविरुद्ध समेत नाराबाजी गरेका थिए ।

वैशाख ३० गते सम्पन्न निर्वाचनको विषयमा जेठ १७ गते नगरपालिकाको वडा नं ४ कालिका स्थानको कुच्चिबाट बेपत्ता भएका किशोर जेठ २१ गते नजिकैको कुच्ची भिरको खोँचमा मृत भेटिएका थिए । किशोरको हत्या कांग्रेस कार्यकर्ताले हत्या गरेको आफन्त तथा अन्य राजनीतिक दलले आरोप लगाउँदै आएका छन् ।

विनोदको हत्या भएको दाबी सहित आफन्तले जेठ २१ गतेदेखि नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण नगरपालिकाको सेवा प्रभावित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *