पोखरामा करेन्ट लागेर एकजनाको मृत्यु

पोखरा । पोखरामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

पोखरा १४ छिनेडाँडास्थित खाल्टे मसिनाको पोलमा बिजुली बनाउन चढेका बेला करेन्ट लागेर सोही ठाउँका ४७ वर्षीय भक्तबहादुर पोखरेलको मृत्यु भएको हो । करेण्ट लागेर गम्भीर घाइते उनको उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा लगिएको थियो ।

घाइते पोखरेलको उपचाररत अवस्थामा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *