मालढुंगाबाट बेनी जोड्ने सडक दैनिक ४ घण्टा बन्द हुने

पोखरा । पर्वतको मालढुंगादेखि म्याग्दीको बेनी जोड्ने सडक दैनिक ४ घण्टा बन्द हुने भएको छ । उत्तर दक्षिण राजमार्ग अन्तर्गत मालढुंगा बेनी सडक स्तरोन्नतिका लागि बन्द गर्न लागिएको हो ।

सडक कटानका लागि चट्टान फोड्नुपर्ने भएकोले बन्द गर्न लागिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । असार मसान्तसम्म दैनिक रूपमा अब सडक बन्द हुनेछ । अहिले बेनी जोमसोम कोरला सडक निर्माण धमाधम भइरहेको छ । अधिकांश खण्ड कालोपत्रे भैसकेको छ भने केही हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *