कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गए राति गोदावरी नगरपालिका–६ लालपुरमा सुपप्र ०१०१० प ९६०३ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *