जापान सरकारद्वारा ३६ करोड ६२ लाख अनुदान, मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौँ । सरकारले जापान सरकारबाट नेपालको मानव संशाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७ करोड ६० लाख (करिब रु. ३६ करोड ६२ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ ।

त्यसैगरी, सरकारले सार्वजनिक पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले उक्त पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । यही जेठ ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे आज जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो समितिको अध्यक्ष पदमा नेपाल सरकारको राजपत्रङ्कित विशिष्ट श्रेष्णीबाट अवकाश प्राप्त गर्नुभएका मोहनकृष्ण सापकोटालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारले एशिया प्यासिफिक ग्रुप अन मनी ल्याण्डरिङको मिति २०७९ साउन ८ देखि १२ गतेसम्म मलेसियामा आयोजना हुने वार्षिक साधारणसभामा सहभागिताका लागि सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गरेको छ ।

सरकारका प्रवक्ता कार्कीले मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाललाई रातमाटे सवस्टेसन निर्माणका लागि नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

उनले भने, “मिति २०७९ असार ११ र १२ गते स्वीट्जरल्याण्डमा आयोजना हुने ‘९२औँ अनुअल जेनेरल मिटिङ अफ द बैंक फर इन्टरनेशल सेटलमेन्ट’ विषयक कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृति दिने निर्णय भएको छ ।”

त्यसैगरी, सरकारले राष्ट्रिय बिमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीलाई मनोनयन गर्नुका साथै २०७९ असार ६ गतेदेखि १३ गतेसम्म थाइल्याण्ड र भियतनाममा हुने फाइनान्ससम्बन्धी कार्यक्रममा सहभागी हुन सचिव अर्जुनप्रसाद सापकोटालाई स्वीकृति दिने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =