सुशासनमा बालेनकाे बल : अब कर्मचारीले हाजिरीअनुसार तलब पाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कर्मचारीमाथि नगरानी राख्न थालेकाे छ ।

महानगरले सेवाप्रवाहमा कर्मचारीबाट हुने ढिलासुस्ती तथा अनियमिताबारे कडाई गर्न महानगरले सिसिटिभी राख्ने देखि हाजिरीअनुसार तलब दिने जस्ता व्यवस्था थालेकाे छ । त्यसका लागि महानगरले सबै विभागहरूलाई हाजिरी दुरुस्त पार्न निर्देशन दिइसकेकाे छ ।

महानगरले काम छलेको, समयमै कार्यालय आए–नआएको लगायतका कुरामा मेयर बालेनले विशेष ध्यान दिन थालेको हाे । मेयर बालेनकाे सक्रियतामा भइरहेकाे कार्यालय तदारुकताअनुसार उनले कार्यालयहरूकाे छड्के जाँच समेत सुरु गरेका छन् ।

महानगरले रत्नपार्क, बालाजुमा रहेको राजश्व काउन्टरमा सीसी क्यामेरा राख्न थालेकाे छ ।

काठमाडौं महानगरपालिकाको १४ वटा विभाग छन् । बबरमहलमा ५ वटा विभाग, ताहाचालमा २ वटा विभाग, टेकुमा २ वटा विभाग, राष्ट्रिय सभामा एक विभाग र बाँकी सुन्धारस्थित महानगरको कार्यालयमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *