जिसस मकवानपुरमा पाँच दलीय गठबन्धनको प्यानल नै निर्वाचित

चितवन । जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रका ललितकुमार घलान निर्वाचित भएका छन् ।

घलान १७ मत ल्र्यार निर्वाचित भएका हुन् । उनी पाँच दलीय गठबन्धनबाट प्रमुखको उमेदवार बनेका थिए । प्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बनेका बुद्धिराम डिम्डुङले जम्मा ३ मत ल्याएका थिए ।

उपप्रमुखमा नेपालकी कांग्रेसका सानुकाजी लुइँटेल निर्विरोध निर्वाचित भएका छन् ।

महिला सदस्यमा गठबन्धनबाट तारा ढुंगाना, विष्णुमाया थपलिया र सुमित्रा थिङ निर्वाचित भएका छन् भने सदस्य तर्फमा खड्गबहादुर पुलामी, सुवर्ण गोपाली र वीरेन्द्र कुमार लामा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *