दोलखाको शैलुङमा विद्युत् सर्ट भई आगलागी, एकको मृत्यु

काठमाडौँ । दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक वृद्धाको मृत्यु भएको छ ।

शैलुङ–१ मा घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षीया निदकुमारी मगरको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहानको समयमा उक्त घरमा विद्युत् सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको छुट्टै कोठामा वृद्धा एक्लै सुत्ने गरेको र घरमा आगलागी भएपछि स्थानीयवासीले उद्धारको प्रयास गरे पनि निसास्सिएर वृद्धाको मृत्यु भइसकेको स्थानीयवासीले बताएका छन् । आगलागीमा परी घर पूर्णरूपमा नष्ट भएको छ भने बाख्रा तथा कुखुरासमेत जलेर मरेका छन् ।

आगलागीबाट के–कति क्षति भयो भन्नेबारेमा विवरण सङ्कलन भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *