गण्डकी सरकारले खारेज गर्‍यो सांसदले बाँड्ने बजेट

पोखरा । गण्डकी सरकारले सांसदबाट वितरण हुँदै आएको निर्वाचन क्षेत्र विकास कार्यक्रम खारेज गरेको छ ।

यसअघि प्रत्येक निर्वाचन क्षेत्रमा २ करोडका दरले ७२ करोड रुपैयाँ विनियोजन गर्ने गरेपनि अहिले उक्त कार्यक्रम खारेज गरिएको हो । अर्थमन्त्री रामजी बरालले सांसदले बजेट बाढ्ने परिपार्टीको अन्त्यका लागि खारेज गरिएको बताए ।

एक निर्वाचन क्षेत्र एक कृषि सडक कार्यक्रम प्रवेश पाएको छ । प्रत्येक क्षेत्रमा १ करोडका दरले बजेट विनियोजन गरिएको हो ।

‘यो कार्यक्रम निरन्तर आवश्यक ठानिएन । केन्द्रीकृत शासन प्रणालीले अभ्यास गरेको विषय पनि हो । संघीयतापछि उक्त कार्यक्रम किन चाहियो ?,’ उनले भने, ‘संघीयताका पक्षपातीहरूले तल्लो तहमा पनि सरकार छ भन्ने बुझ्नुपर्छ । माननीयहरूले १ लाखे, ५० हजारे कार्यक्रम वितरण गर्नुपर्छ भन्ने विचार अब राख्नु हुँदैन । सकेसम्म वितरणमुखी प्रक्रिया हटाउनुपर्छ ।’

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हटाए पनि सांसदहरूलाई बजेट बाँड्ने बाटो भने अझै रोकिएको छैन । स्राेतका अनुसार सत्तापक्ष र प्रतिपक्षका सांसदहरूलाई बजेटको सिलिङ दिएरै योजना छानिएको थियो ।

सत्तापक्षका सांसदलाई ५ करोडका दरले र प्रतिपक्षका सांसदलाई एकमुष्ट ३५ करोड विनियोजन गरिएको सरकारकै मन्त्री हरिशरण आचार्यले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *