गण्डकी सरकारले विपद् कोषमा १३ करोड राख्यो, बाढीले बिगारेका घर बनाउन थप १० करोड

 पोखरा । गण्डकी प्रदेश मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको प्रदेश हो । अघिल्लो वर्ष मनाङ, मुस्ताङ, बागलुङ, म्याग्दी लगायत जिल्लामा धेरै धनजनको क्षति भयो ।

पीडितहरुले अहिलेसम्म राहत पाउन सकेका छैनन् । मनाङमा प्रदेश सरकारले पूर्ण क्षति भएका घरलाई २ लाख र अरू जिल्लामा १ लाखका दरले राहत दिएको थियो । तर घरको पुनः निर्माण र बस्ती स्थानान्तरण हुन सकेको छैन ।

प्रदेश सरकारले आगामी वर्षका लागि भने विपद् कोषमा १३ करोड राखेको छ । बजेट भाषण मार्फत अर्थमन्त्री रामजी बरालले १३ करोड रुपैयाँ विपद् कोषमा व्यवस्था गरिएको बताए ।

विपद् व्यवस्थापन कोषबाट खर्च भएको रकम सोधभर्ना हुने व्यवस्था सहित न्यूनतम १० करोड भन्दा कम नहुने गरी सरकारले बजेट छुट्याएको उनले बताए ।

यस्तै, मनसुनजन्य तथा आगलागीजस्ता विपद् प्रभावितलाई निजी आवास पुनर्निर्माण गर्न तथा पुनःस्थापना कार्यक्रमको लागि छुट्टै १० करोड बजेट विनियोजन गरेको छ ।

विपद्को समयमा तत्काल खोज, उद्धार तथा राहतलाई प्रभावकारी बनाउन उद्धार तथा राहत सामग्री खरिद, भण्डारण र वितरणको कामलाई प्रभावकारी बनाउने आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले बताए ।

यसबाहेक प्रदेशको शान्ति सुरक्षा एवं सुव्यवस्था प्रभावकारी बनाउन ‘प्रदेश सुरक्षा नीति’ निर्माण गर्ने र प्रहरी चौकीहरूको पूर्वाधार निर्माण गर्न ७ करोड ५० लाख विनियोजन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *