गण्डकी सरकारले स्थानीय तहसँग मिलेर नवप्रवर्तन कार्यक्रम गर्ने, २३ करोड बजेट

पोखरा । गण्डकी सरकारले स्थानीय तहसँग समन्वय र सहकार्यमा नवप्रवर्तन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री रामजी बरालले बजेट वक्तव्य प्रस्तुत गर्दै यसका लागि २२ करोड ५० लाख विनियोजन गरेको जनाएका छन् । कार्यक्रम मोडल भने आएको छैन ।

यस्तै, स्थानीय सरकारसँग समपूरक लगानीमा प्रशासकीय भवन निर्माण गर्न थप १५ करोड छुट्याइएको छ ।

प्रदेश सरकारले पूर्वाधार विकासका लागि आवश्यक पर्ने ढुंगा, गिट्टी, बालुवा जस्ता निर्माण सामग्रीको अनियन्त्रित दोहन रोक्ने र लाभको समन्यायिक बाँडफाँट गर्ने बताएको छ ।

पोखरा लगायत प्रदेशको प्रमुख सहरको सौन्दर्यीकरण अभिवृद्धि सम्बन्धी कार्यक्रमलाई अगाडि बढाउन स्मार्ट लाईटिङ सिस्टम जडान गर्ने, पोखरा महानगरपालिका भित्र यातायात सुरक्षा अभिवृद्धि गर्न सिसिटिभी क्यामेराको जडान, ट्राफिक बत्ती, आकासे पुल, सार्वजनिक शौचालय र सिटी पार्क को निर्माण र व्यवस्थापन कार्य सुरु गर्न बजेट विनियोजन गरिएको बरालले बताए ।

यसैगरी, स्थानीय तहको साझेदारीमा सडक पूर्वाधार विकास लगायत अन्य विकास निर्माणका गर्न ५० करोड विनियोजन गरेको छ । यसबाट स्थानीय तहसँगको अन्तरसम्बन्ध र सहकार्य थप मजबुत हुने विश्वास प्रदेशको छ ।

वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान मार्फत थप बजेटको व्यवस्था प्रदेशले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *