सिँजाको नराकोटमा मालपोत र नापी कार्यालय राखिने

काठमाडौँ । जुम्लाको सिँजा क्षेत्रमा पर्ने तीन स्थानीय तहका नागरिकको सहजताका लागि सिँजा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ ।

जुम्लाका हिमा, कनकासुन्दरी र सिँजा गाउँपालिकालाई समेट्न सो कार्यालय स्थापना गर्नका लागि पहल भइरहेको थियो । ती गाउँपालिकाका सेवाग्राहीलाई सेवा लिन जिल्ला सदरमुकाम नै पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो । सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले नराकोटमा मालपोत कार्यालय स्थापना गर्न निर्णय गरिएको जानकारी दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले सिञ्जाको नराकोट सुरक्षाको दृष्टिकोणले समेत ठिक भएको र नागरिकको लामो समयदेखि माग भएको बताए । कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले नराकोटमा ठिक भए पनि हरेक पालिकामा मालपोत र नापी सेवा आवश्यक भएको औंल्याएका छन् ।

त्यस्तै, जुम्ला समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पदवहाली भएकै दिन जिल्लाका लागि सिँजामा मालमोत कार्यालयका लागि निर्णय गर्न पाउँदा खुसी लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *