पोखराका मेयरलाई अटेरी अभियानले दियो उनकै घोषणापत्र मायाको चिनो

पोखरा । पोखराका मेयर धनराज आचार्यलाई अटेरी अभियानले आचार्यकै घोषणापत्र मायाको चिनो दिएको छ ।

आज बुधबार अटेरी अभियानका अभियान्ताले मायाको चिनोका रूपमा आचार्यको घोषणापत्र दिएका हुन् ।आचार्यले चुनाव जितेपछि १ वर्षभित्र गरिसक्ने काम भनेर बनाएको सूचीलाई मायाको चिनोमा समेटिएको हो ।

पोखराको मेयर र केही वडाहरूमा अटेरी अभियानबाट पनि उम्मेदवार उठेका थिए । तर, कसैले पनि चुनाव जितेनन् । स्थानीय तह निर्वाचनमा निर्वाचन संयोजकको भूमिकामा रहेका अभियन्ता हरि कार्कीले घोषणापत्रमा समावेश गरिएका बुँदालाई सुझावको रूपमा मेयर आचार्यलाइ हस्तान्तरण गरेका हुन् ।

‘कुनै नौलो कुरा होइन । उनले नै गर्छु भनेको कामको सूची दिएका हौँ ,’ कार्कीले भने, ‘उनलाई आफ्नो वाचा सम्झिन सजिलो होस् भनेर मायाको चिनोका रूपमा उपहार दिएका हौँ ।’ उनले अटेरी अभियानले राम्रो कामको समर्थन र गलत काममा आलोचना गर्ने बताए ।

मायाको चिनोमा २५ बुँदा समेटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *