रिभर फल्स पावरकाे शेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि किनबेच गर्न मिल्ने

काठमाडौँ । रिभर फल्स पावर लिमिटेडको शेयर धितोपत्रको दोश्रोे बजार नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि रिभर फल्स पावर लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा रिभर फल्स पावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक दिनेश गुरुङ र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले सयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले २०७९ वैशाख २८ देखि जेठ ४ गते सम्म निष्काशन गरेको आइपिओ बाँडफाँड जेष्ठ ९ गते गरेकोमा आइपिओमा शेयरपाउने शेयरधनी तथा सर्वसाधारणले असार २ गतेबाट रिभर फल्स पावर लिमिटेडको शेयर खरिदबिक्री गर्न सक्नेछन् ।

निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गरेको प्रभु क्यापिटल लिमिटेडले छिटो तथा छरितो रुपमा निष्काशन तथा बिक्री प्रबन्ध गरेको थियो ।

कम्पनीले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । शेयर रजिष्ट्रारमा नियुक्त क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँड पश्चात शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गर्ने कार्यका साथै धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा समेत द्रुत गतिमा कम्पनीको शेयर सूचिकृत गराउन आवश्यक सहजीकरण गरी छोटो समयमै कम्पनीको शेयरलाई कारोबारमा ल्याउन सफल भएको जनाएको छ ।

कम्पनीले नेप्सेमा कारोबारका लागि ‘आरएफपीएल’ संकेत पाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *